नेपालगन्ज बाँके । डिआईजि भन्दा शक्तिशाली घुमुवा प्रहरी सहायक हवल्दार , जो जुन एसपि आएपनि जहिले घुमुवाको रुपमा खटिदै आएका छन । उनि कहिले सिमा प्रहरी चौकि जैसपुरको घुमुवा , कहिले भन्सार सुरक्षागार्डको घुमुवामा त कहिले जिल्ला प्रहरी कार्यालयको घुमुवाको रुपमा बिगत ८/ १० वर्ष देखि कार्यरत रहेको छन । उनै भिम चौधरी जो कार्यालय प्रमुख जो आए पनि पावर , पैसा र सेटिङको आडमा आकर्षक र मालदार मनिने युनिटमा घुमुवाको रुपमा कार्यरत रहेको छन् । उनको दरबन्दी ईलाका प्रहरी कार्यालय अमिलिया दाङ हो तर बिगत लामो समय लगभग ८/१० वर्ष देखि बाँके जिल्लामा कार्यरत छन , तर उनलाई दरबन्दी रवना गर्ने हिम्मत भने कसैको देखिएन । हुन त नेपाल प्रहरीमा हाकिमको संरक्षण भए पछि नीति , नियम र कानुन लाग्दैन भन्ने कुरा बारम्बार देखिदै नआएको होइन । नीति र कानुन भनेको नहुनेका लागि मात्रै हो । हुनेलाई सबै छुट छ । बेला बेलामा हाकिमले सबैलाई समान व्यवहार गर्छु , काखापाखा गर्दिन , नीति र कानुन सबैलाई बराबर हो भन्ने भाषण केवल बोल्नका लागि मात्रै हो । अरूलाई सुनाउनका लागी मात्रै हो । यो कुरा व्यवहारमा प्रमाणित भैरहेको छ ।
यस्तै घटना जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको घटनाले प्रष्ट पार्छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेका धेरै प्रहरी कर्मचारीहरुको राता रात रवाना भयो । दरबन्दी पठाउ अभियान यसअघिका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरले चालेको भए पनि उनी सफल त भएनन् । तर धेरै हदसम्म उनले अभियानलाई सफल बनाए । यि सहायक हवल्दारलाई दरबन्दी अन्यत्र भएकोले दरबन्दीमा रवाना गर्नु पर्ने हो । त्यो दरबन्दी पठाउ अभियान सबैलाई लागू हुनुपर्छ भन्ने कुरा प्रमुख हो ।
नीति नियम सबैलाई एकै प्रकारले लागू गरिनुपर्छ भन्ने कुरा हो । तर जिल्ला प्रहरी कार्यालय बाँकेमा घुमुवाको रुपमा कार्यरत भिम चौधरीलाई भने अझैसम्म दरबन्दीमा रवाना गरिएको छैन । जबकि उनको दरबन्दी ईप्रका अमिलिया दाङ हो ।हाम्रो समाचार श्रोतका अनुसार उनलाई रवाना नगराउन कुनै बिचौलिया मार्फत प्रहरीको ठुलै हाकिमलाई दबाब गर्न लगाईएको छ। हालै बाँके सरुवा भएर आउनु भएका एस पि राम प्रसाद घर्ती मगरले उनलाई रवाना गर्नु हुन्छ कि नै त्यो भने हेर्न बाँकि छ ।