तास खेलिरहेका ६ जना पक्राउ

(नेपाल क्राईम)                                                         बर्दियामा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँका ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेसहितका व्यक्तिहरू छन् ।लक्ष्मीकान्तको घरमा जुवातास खेलिरहेको अवस्थामा बुधबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।