स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिमा आबद्ध व्यक्तिहरू र प्रहरीबीच झडप

(नेपाल क्राईम)

स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिमा आबद्ध व्यक्तिहरू र प्रहरीबीच झडप भएको छ । आइतबार (फागुन १८) काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका किसान र प्रहरीबीच झडप भएको हो ।

झडपमा परी प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । उपचारका निम्ति उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन लाठीचार्ज गरेको छ । उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।