पाँच वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

(नेपाल क्राईम)

पाँच वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।

गोरखाका गोरखा नगरपालिका-११ का २१ वर्षीय निरज ढकाल पक्राउ परेका हुन्।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।

काठमाडौं टोखा नगरपालिका-९ घर भाडामा लिई खाजा घर संचालन गरी बालिकालाई यौन श्रममा लगाएको मुद्दामा उनलाई पाँच वर्ष कैद सजाय भएपछि प्रहरीले पक्राउ गरेको ब्युरोका एसपी नरेन्द्र कुँवरले जानकारी दिए।