(नेपाल क्राईम) प्रहरी प्रधान कार्यालयले प्रवक्ताको रूपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यलाई जिम्मेवारी तोकेको छ । यसअघि प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी थिए । एसएसपीबाट डीआईजीमा बढुवा भएपछि आचार्यको पदस्थापन प्रहरी महानिरीक्षकको सचिवालयमा भएको थियो ।