(नेपाल क्राईम) कैलालीको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बुधबार लम्कीचुहा नगरपालिका–३ को बलचौरमा सोही ठाउँ बस्ने रामप्रसाद चौधरीको २५ वर्षीया श्रीमती अनिताले नहरमा हाम फालेकी थिइन्।उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी० कबिन्द्र सिंह बोहराले जानकारी दिए।