सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री

जेनजी आन्दोलनले पहिलो सफलता पाएकोछ। मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेल प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम नागरिक सरकारको प्रधानमन्त्री नियुक्तका लागि सहमत भएका छन्।

राष्ट्रपति पौडेल, जेनजी प्रतिनिधि सुदन गुरुङ, प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की, प्रधान सेनापति अशोकराज सिग्देलसहितको बैठकमा यो सहमति भयो।