सशस्त्र प्रहरी बल, नेपालको पोशाक बर्दी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने २१२ जना सशस्त्र प्रहरी  विभागीय कारबाहीमा

सशस्त्र प्रहरी बल, नेपालको पोशाक बर्दी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने २१२ जना सशस्त्र प्रहरीले विभागीय कारबाही भोगेका छन् ।सामाजिक सञ्जाल आचारसंहिताविपरीत बर्दीको दुरुपयोग गरेको ठहरपछि उनीहरूलाई कारबाही गरिएको हो।