झापा जिल्लाको काँकडभिट्टादेखी साइकल यात्रा सुरु गरेका सशस्त्र प्रहरी नायब उपरीक्षक युकेश उप्रेतीको यात्रा कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर समाप्त भएको छ ।
कार्तिक २४ गते सीमा क्षेत्रको भौगोलिक अध्ययन, सीमावासीहरुको समस्या लगायतका बिषयमा जानकारी लिनको लागि झापा जिल्लाको मेचीनगर नगरपालिका–६ नयाँ पुलस्थित दशगजाबाट सुरु गरेको साइकल यात्रा मंसिर २३ गते गड्डाचौकीमा पुगेर समाप्त भएको हो ।
उनले करीब १ हजार ४ सय ४० किलोमिटरको साइकल यात्रा ३० दिनमा पूरा गरेका थिए