पेस्तोलसहित एक टेलर सञ्चालक पक्राउ

काठमाडौंको नागार्जुन नगरपालिकाबाट पेस्तोलसहित एक टेलर सञ्चालक पक्राउ परेका छन्।बिहीबार बेलुकी नागार्जुन– ६ रामकोट सिभिल होमनजिकै टेलर सञ्चालन गरी बस्ने तनहुँको भानु नगरपालिका– ९ का ४१ वर्षीय मनोजकुमार सुन्दासलाई प्रहरीले पक्राउ गरेको हो।विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुन्दासको कोठा खानतलासी गर्दा एक थान पेस्तोल, एक थान म्याग्जिन र आठ राउन्ड गोलीसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।