मधेस प्रदेशका पाँच सांसद पदमुक्त भएका छन् । प्रदेश सभामा लगातार १० बैठकमा अनुपस्थित रहेका सांसदहरुलाई सभामुख रामचन्द्र मण्डलले विहिबारदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यबाट पद मुक्त गरेका हुन् ।मधेस प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा पाँच सांसद पदमुक्त भएको उल्लेख छ । उनीहरुलाई प्रदेश सभामा लगातार १० बैठकमा अनुपस्थित भएका कारण पदमुक्त गरिएको सूचनामा उल्लेख छ ।यसरी पदमुक्त हुने सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार पर्सा, सारदा शंकर कलबार बारा रहेका छन् ।(रास्स)