नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बिहीबारको बैठकमा उनले आन्तरिक निर्वाचनले पार्टी खत्तम भएको बताए ।सहमहामन्त्री किशोरसिंह राठौरले भने, ‘मैले बुझेको कांग्रेसमा के छ भने आन्तरिक चुनावले पार्टी खत्तम भयो । त्यसैले हामी एकढिक्का भएर जानुपर्ने भएकाले निर्वाचनपछि अधिवेशनमा जाऔँ ।’उनले २१ फागुनको निर्वाचन अगावै महाधिवेशन गर्नुपर्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताए ।