दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ मिलन चोकका २३ वर्षीय विशाल बुढा ६ सय ७० मिली ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
मिलन चोकमा शंकास्पद अवस्थामा हिँडिरहेका बुढालाई खान तलासी गर्ने क्रममा आइतबार बेलुकी उनको पाइन्टको गोजीभित्र लुकाइछिपाइ राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको थियो। त्यस्तै घोराही वडा नम्बर १३ आनन्दपुर टोलकी ५७ वर्षीया नितु आचार्य लागु औषधको रूपमा लिइने मनोद्दिपक पदार्थ ट्रामाडोलसहित पक्राउ परेकी छन् ।