नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आज पदभार ग्रहण गर्दैछन् । गृह मन्त्रालयमा १०ः ४५ मा एक समारोहबीच गृह सचिव रामेश्वर दङ्गालले महानिरीक्षक कार्कीलाई दज्र्यानी चिह्न (फुली) लगाइदिने कार्यक्रम तय भएको हो ।३२औं महानिरीक्षक चन्द्रकुवेर खापुङ प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाशमा गएपछि मन्त्रीपरिषद बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त महानिरीक्षक कार्कीले २०८४ चैत १८ सम्म नेपाल प्रहरीको कमाण्ड सम्हाल्नेछन् ।