रानीपोखरीका प्रहरी प्रमुख एआईजीपी दानबहादुर कार्कीको विदाइ

रानीपोखरीका प्रहरी प्रमुख (एआईजीपी) दानबहादुर कार्कीको विदाइ भएको छ ।

बुधबार रानीपोखरीस्थित कार्यालयमा एआईजीपी कार्कीको विदाइ भएको हो । विदाइमा कार्कीलाई सिपाहीदेखि डीआईजीपीसम्मका प्रहरी कर्मचारीहरूले भावी कार्यकालको शुभकामनासहित विदाइ गरेका छन् ।

कात्तिक २४ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार २०८२÷०७÷२७ गतेबाट लागू हुने गरी एआईजीपी कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)का रुपमा नियुक्त भएका छन् ।