हतियार बोकेर हिंडिरहेका दुई जना पक्राउ

प्रहरीले काठमाण्डूबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाण्डू महानगरपालिका १८ ढल्कुबाट उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा लिखु गाउँपालिका ६ नुवाकोटका २३ वर्षीय समिर श्रेष्ठ र पनौती नगरपालिका९१० काभ्रेका २३ वर्षीय एलेक्स नेपाली छन् ।

उनीहरूको साथबाट एक थान पेस्तोल, एक थान म्याग्जिन र १२ राउण्ड गोली बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।