विद्यार्थी बोकेको स्कुल बसमा आगलागी

रूपन्देहीमा  बिहीबार बिहान  विद्यार्थी बोकेर आउँदै गरेको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरस्थित लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो ।

लु १ क १३२६ नम्बरको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको थियो । आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए । तर, स्थानीय, प्रहरी र दमकलले समयमै आगो निभाउँदा चालक तथा विद्याथीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।