सिन्धुलीमा ढुङ्गाले हानेर श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । कमलामाई नगरपालिका–६ पानीटंकीमा घरायसी विवादका क्रममा ४८ वर्षीया राधिका वाइबाले ५५ वर्षीय बुद्धसिंह वाइबाको ढुंगाले हानेर हत्या गरेकी हुन् ।
यही कात्तिक १ गते श्रीमतीले हानेको ढुंगाले लागेर गम्भीर घाइते भएका बुद्धसिंहको आज बिहान मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।