पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयबाट गंगा दाहालले  दिइन्  राजीनामा

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन्।

प्रचण्डको सचिवालयबाट राजीनामा दिएको विषय दाहालले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।