तिहारको तेस्रो दिन आज बिहान घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा खान दिएर कुकुर तिहार पर्व मनाइँदैछ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ ।
पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दिउँसो २ बजेर ५९ मिनेटसम्म चतुर्दशी तिथि रहेको छ । चतुर्दशी तिथिमा कुकुरको पूजा गरिन्छ । त्यसपछि औँसी तिथि लाग्छ । लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले आज नै लक्ष्मीपूजा परेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए ।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँदैछ । सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ ।