(नेपाल क्राईम) औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित नेपालगन्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन् ।
नेपालगन्ज उपमहानगर क्षेत्रमा गर्मीको सुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन् ।
होलीको समयमा सरसफाइका कर्मचारी बिदामा भएकाले पनि उपमहानगरको भित्री सडकमा फोहरमैला उठ्न सकेको थिएन । त्यहीे कारणले पनि लामखुट्टेको प्रभाव झनै बढेको हो । जाडो मौसमको अन्त्य र गर्मी मौसमको सुरूआती भएकाले पनि लामखुट्टेको प्रभाव झनै देखिएको हो ।