सर्पले डसेर झापाको –११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको मृत्यु भएको छ । गएराति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो ।राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिए ।