चट्याङले किशोरीको मृत्यु

(नेपाल क्राईम)

चट्याङ पर्दा रोल्पामा एक किशोरीको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्।

सुनिल स्मृति गाउँपालिका– ५ काप्जिङमा चट्याङ पर्दा १६ वर्षीया धनमाया खत्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यादवकुमार शाहले बताए।