लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।नेपालगंज उपमहानगरपालिका–२१ गंगारामपुरबाट आइतबार राति २४ वर्षीय सोनु अलीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार अलीको साथबाट ब्राउनसुगर जस्तो देखिने २ ग्राम १ सय ९० मिलिग्राम पदार्थ बरामद गरिएको हो ।प्रहरी चौकी तेलियनपुरबाट खटिएको टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको बाँके प्रहरी एसपी जीसी जनाएका छन् ।