सगरमाथाको दुर्गम तिब्बती स्लोपमा आएको हिमआँधीका कारण करिब एक हजार मानिसहरू फसे

सगरमाथाको दुर्गम तिब्बती स्लोपमा आएको हिमआँधीका कारण करिब एक हजार मानिसहरू फसेका छन् । पहाडको पूर्वी भेगका शिविरहरूमा फसेकाहरूको उद्धार प्रयास जारी रहेको बीबीसीले जनाएको छ ।उक्त क्षेत्र समुद्र सतहबाट चार हजार ९०० मिटरभन्दा माथिको उचाइमा छ । त्यहाँ पुग्ने बाटोमा थुप्रिएको हिउँ हटाउन सयौँ स्थानीय बासिन्दा र उद्धार टोलीहरूलाई परिचालन गरिएको समाचारमा उल्लेख छ । करिब ३५० जनाको उद्धार गरी सुरक्षित रूपमा कुडाङ सानो बस्तीमा पुर्‍याइएको छ ।

शुक्रबार साँझदेखि नै भारी हिमपात शुरू भएको थियो । यो क्षेत्र पर्वतारोही र पदयात्रीहरूका लागि लोकप्रिय मानिन्छ ।