बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोले विभिन्न राजमार्ग अवरुद्ध भएका हुन् ।

राजमार्ग अवरुद्ध हुँदा सडक यातायात सेवा ठप्प भएको छ । सडक विभागका अनुसार कोसी लोकमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।

मध्यपहाडी राजमार्ग र सिद्धिचरण लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । बीपी राजमार्ग पनि अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको छ ।

अरनिको राजमार्ग पनि विभिन्न ठाउँमा अवरुद्ध भएको छ ।