आजदेखि काठमाडौं र ललितपुरका सरकारी कार्यालय खुल्ले

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (सोमबार)जिल्लाका कार्यालयहरू खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ । १९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।

कार्यालयले बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन भनेको छ ।