धरान–धनकुटा सडकखण्ड एकतर्फी सञ्चालनमा

कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। सडक विभागको जेसिबीको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सडकको अवरोध हटाएसँगै एकतर्फी रूपमा सञ्चालनमा आएको हो।

अविरल वर्षाका कारण गएरातिदेखि जिल्लाका भित्री सडकहरू अवरुद्ध भएको भए पनि कोशी लोकमार्ग आज बिहानदेखि अवरुद्ध थियो। जेसिबीको सहयोगमा कोशी लोकमार्गका विभिन्न स्थानमा लेदोसहित झरेको पहिरो पन्छाएपछि करिब पाँच घण्टापछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताए।