अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत काठमाडौं लगिने भएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार नेपाल एयरलाइन्सको १५८ सिटे जहाज राति ९ बजे भैरहवाबाट काठमाडौंका लागि उड्ने छ।प्रजिअ पाण्डेले भने, ‘अविरल वर्षाका कारण धेरै यात्रुहरू अलपत्र परिरहेका छन्, एक हजार यात्रु अहिले पनि हिजोदेखि भैरहवाको गल्लामन्डीस्थित हनुमान मन्दिरमा छन् ।’
त्यस्तै संख्यामा अरू यात्रु बेलहिया, बुटवलमा रहेका उनले जानकारी दिए ।