कोशी ब्यारेजमा पानीको बहाव बढेर ५ लाख १८ हजार २३५ क्युसेक पुगेको छ ।पानीको बहाव बढेपछि ब्यारेजका सबै (५६ वटै) ढोका खुला गरी उच्च जोखिम घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी योगराज खतिवडाका अनुसार यो विवरण दिउँसो २ बजेसम्मको हो ।