चार डीआईजीको बढुवा सिफारिस

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयले आज आइतबार सूचना प्रकाशित गर्दै रिक्त रहेका चार एआईजी पदमा बढुवाका लागि चार डीआईजीहरूको नाम सिफारिस गरिएको जानकारी दिएको हो ।