आन्दोलनमा प्रहरीबाट चोरी भएका हातहतियार फिर्ता गर्न आह्वान

गृह मन्त्रालयले २३ र २४ भदौको आन्दोलनमा प्रहरीबाट चोरी भएका हातहतियार फिर्ता गर्न आह्वान गरेको छ। मन्त्रालयले बिहीबार सूचना प्रकाशन गरी हतियार फिर्ता गर्न सर्वसाधरणलाई आग्रह गरेको छ ।

असोज मसान्तभित्र हतियार बुझाए कानुनी कारबाही नहुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।