काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ ।
मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौं महानगरका स्वास्थ्य बिभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।
एम्बुलेन्स वितरणका लागि आवेदन माग गरिएकोमा बिभिन्न स्थानीय तहबाट आएको आवेदनलाई हेर्दै मापदण्डका आधारमा सुविधा सम्पन्न एम्बुलेन्स उपलव्ध गराइएको उनले बताए ।