प्रहरी तालिम केन्द्र बुटवलमा एक प्रहरी जवान मृत भेटिएका छन । बुटवल राजमार्ग चौराहास्थित तालिम केन्द्रमा कार्यरत बाँकेको राप्ती सोनारी गाउँपालिका–३ घर भएका २४ वर्षीय श्याम चौधरी गएराति रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार चौधरी तालिम केन्द्रको उत्तर पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।
शुक्रबार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेल मैदानको छेउमै रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेको कार्कीले बताए ।