नेपाल प्रहरीका ९० डिएसपीको सरुवा भएको छ । अवधि पुगेका डिएसपीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सरुवामा विभिन्न जिल्ला तथा कार्यालयका प्रमुख फेरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभामा कुमार प्रसाद मैनाली, पाँचथरमा अनिश कर्ण, दार्चुलामा गौरव महत, प्यूठानमा नरहरी अधिकारी, अर्घाखाँचीमा दिवस जिसी, डडेल्धुरामा बरुण बहादुर सिंहको सरुवा भएको छ ।
सरुवामा उपत्यकाका विभिन्न वृत्तका प्रमुख पनि फेरिएका छन्।