जेनजी आन्दोलन: आगजनी, तोडफोड र लुटपाटमा संलग्न दुईजना नेपालगन्जबाट पक्राउ
जेनजी आन्दोलनको आडमा नेपालगन्जका सरकारी कार्यालय आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिलाई बाँके प्रहरीले नियन्त्रणमा लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त कार्यमा संलग्न रहेको भन्दै दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरीले नेपालगन्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले ले पाठक र टमाटालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बताए ।