काठमाडौंमा सेना परिचालनको तयारी

काठमाडौंमा सेना परिचालनको तयारी गरिएको छ । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सेना परिचालन गर्न लागिएको हो ।

अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका चारै तहका सुरक्षा प्रमुखहरू एकै स्थानमा बसेर सुरक्षा योजना बनाइरहेका छन् ।सार्वजनिक सम्पत्तिको रक्षा गर्न र थप क्षति रोक्न अल्पकालीन रूपमा सेना परिचालन गर्न लागिएको हो ।सेना परिचालनका लागि राष्ट्रपति कार्यालयबाट कुनै औपचारिक पत्र गएको वा नगएको सम्बन्धमा बुझिएको छैन । यद्यपि सेनाले स्थिति नियन्त्रणमा लिन लागेको बुझिएको छ ।