झापाको दमकमा जेनजी युवाहरूले गरेको आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले गोली चलायो

झापाको दमकमा जेनजी युवाहरूले गरेको आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको छ ।

दमक चोकमा प्रदर्शनपछि जुलुससहित दमक नगरपालिका अगाडि पुगेका प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।त्यसपछि तितरबितर भएको भीडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।​

युवाहरूले ​ढुङ्गामुढा प्रहार गर्दा केही प्रहरी समेत घाइते भएका झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले जानकारी दिए ।​

सोमबार बिहानैदेखि उच्छृङ्खल गतिविधिमा सक्रिय रहेका उनीहरूले दमक नगरपालिकामा समेत ढुङ्गामुढा गरेपछि हवाई फायर गरिएको हो ।​(रास्स)