जापानका प्रधानमन्त्रीले राजीनामा दिने

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने भएका छन् ।सत्तारुढ पार्टीका सदस्यहरूले माथिल्लो सदनको चुनावमा हार व्यहोरेपछि इशिबाले राजीनामा दिने निर्णय गरेका हुन् ।लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेतृत्व सम्हालेको एक वर्ष पनि नपुग्दै ६८ वर्षीय इशिबाले यस्तो कदम चालेका हुन् । उनले संसद्का दुवै सदनमा बहुमत गुमाइसकेका छन् ।सार्वजनिक प्रसारणकर्ता एनएचकेले इशिबाले पार्टीलाई विभाजनबाट जोगाउन राजीनामा गर्न निर्णय गरेका जनाएको छ भने दैनिक आसाही सिम्बुनले उनलाई राजीनामा गर्न दबाब बढिरहेको उल्लेख गरेको छ ।