चट्याङ लागेर एकजनाको मृत्यु

चितवनको पहाडी क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिका–१ क्याङसिराङमा बुधबार चट्याङ लागेर एक व्यक्तिको ज्यान गएको छ ।
मृत्यु हुनेमा ५१ वर्षीय बिरू चेपाङ रहेका प्रहरीले जनाएको छ ।

बिरू भतिजा दिलबहादुर चेपाङसँग हिँड्दै गर्दा बाटोमै अचानक चट्याङ परेको थियो । चट्याङ लागेपछि ढलेका उनको तत्काल घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए ।