बालिकालाई ठक्कर दिने मन्त्रीको चालक पक्राउ

कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार ललितपुरको हरिसिद्धिमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएपछि ललितपुर प्रहरीले चालक चन्द्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको हो ।(रास्स)