आईजीपी दीपक थापा र दुई एआईजीको हेडक्वार्टरबाट बिदाई

३० वर्षे सेवा अवधि पूरा गरी नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा तथा अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी र टेक बहादुर तामाङलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ ।

कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले शुभकामना सहित हार्दिक बिदाइ गरे ।समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले आफ्नो कार्यकालमा संविधान र प्रचलित कानूनले तोकेको जिम्मेवारी इमानदारी, पारदर्शिता र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गरे ।

अवकासमा जाने थापाले आईजीपी गएको चैत ५ गतेदेखि प्रहरीको नेतृत्व गरेका थिए। नेतृत्व सम्हालेको करिब साढे पाँच महिनामै उनी विदा भएका हुन् । दुई एआईजी र थापा ३० वर्षे सेवा अवधिका कारण अवकास हुन परेको हो। उनीहरू तीनै जना २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका थिए।

गिरी राष्ट्रिय प्रहरी प्रपशिक्षण प्रतिष्ठानमा र तामाङ काठमाडौँ उपत्यका प्रही कार्यालय रानीपोखरीको प्रमुख छन्। उनीहरू अवकास भएसँगै बिहीबारदेखि सीआईबीसहित यी कार्यालय पनि प्रमुखबिहिन हुँदैछन्। यससँगै चार जना एआईजीको दरबन्दी पनि रिक्त हुँदैछ।

आजै उनीहरूलाई गृहमन्त्रालयबाट गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले पनि बिदाइ गरिसकेका छन् ।