अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एक लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।
बर्दिबासस्थित आयोगको टोलीले उनलाई नगरपालिका कार्यालयबाटै आज घुस रकमसहित नियन्त्रणमा लिएको हो ।एक उपभोक्ता समितिबाट नगरपालिकाको कार्यालयमै पूर्ण भुक्तानीका लागि एक लाख रुपैयाँ घुस लिइरहेको बेला उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ