राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान

राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको छ।विभागका अनुसार अनुसन्धान अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी सरह) र अनुसन्धान सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी सरह) पदमा समावेशी प्रावधानअनुसार दरखास्त माग गरिएको छ। कुल गरेर ९० जना माग भएको छ । इच्छुक उम्मेदवारले आगामी असोज १२ गतेभित्र विभागको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिनुपर्नेछ।