प्रहरी प्रधान कार्यालयले कैलाली प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसपी बालनरसिंह राणालाई काज सरुवामा प्रधान कार्यालयमा तानेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको नयाँ प्रमुखमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एसपी नरेन्द्र चन्दलाई खटाइएको छ।
भदौ ११गरिएको सरुवापछि एसपी चन्दले अब कैलालीको नेतृत्व सम्हाल्ने भएका छन्।गएको साउन २३ गते राति कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक कैदीको मृत्यु भएको थियो। सो घटनामा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई साउन २८ गते नै केन्द्रमा तानिएको थियो। त्यसपछि दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई कैलाली पठाइएको थियो।
सोही घटनाको दुई सातापछि प्रहरी प्रमुख एसपी राणालाई समेत केन्द्रतर्फ तानिएको हो।