बलात्कारको अभियोगमा वीरगञ्जबाट अन्सारी पक्राउ

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले १५ महिनादेखि फरार भएका २६ वर्षीय आस मोहम्मद अन्सारीलाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ की ९ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका वीरगंज महानगरपालिका–१३ राधेमाई टोलका अन्सारीलाई सोमबार वीरगञ्जबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा मकवानपुर प्रहरीले अन्सारीलाई घर नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान गर्न हेटौंडा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।