बाजुराको बडीमालिका मन्दिर दर्शन गरेर नाटेश्वरी फर्कने क्रममा भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको मृत्यु भएको हो ।
बडीमालिका दर्शन गरेर बिहीबार (साउन २२) साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानीनजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् । खोल्सामा अड्किएको उनको शव झिक्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले जानकारी दिए ।