मौसम विभागअन्तर्गतको बाढी पुर्वानुमान महाशाखाले आज काठमाडौंसहित ४२ जिल्लामा आकस्मिक बाढी आउने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै काठमाडौं उपत्यकासहित देशका ४२ जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेको भन्दै सावधानी अपनाउन भनेको हो ।महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कर्णाली र महाकाली नदीको बहाब सतर्कता आसपास रहेको छ र कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिमराप्ती, बबई र कन्काई नदीहरुको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ ।जिल्लाका दृष्टिले आज काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको उच्च सम्भावना छ ।