दुर्लभ वन्यजन्तु जरायोको सिङसहित दुईजना पक्राउ

मोरङ प्रहरीले दुर्लभ वन्यजन्तु जरायोको सिङसहित दुईजनालाई पक्राउ गरेको छ । पथरी शनिश्चरे नगरपालिका–२ सरस्वती टोलबाट प्रहरीले जरायोको सिङसहित सोही ठाउँका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय वियज राईलाई आइतबार साँझ घरमा लुकाएर राखेको तीन जोर (६ वटा) जरायोको सिङसहित पक्राउ गरेको हो ।

दुर्लभ वन्यजन्तुको चोरी तस्करी आरोपमा अनुसन्धानका लागि पक्राउ परेका गुरुङ राईलाई इलाका वन कार्यालय पथरीमा बुझाएको मोरङ प्रहरीले जनाएको छ ।