श्रीमतीको हत्या गरेको अभियोगमा पर्साको जिराभवानी गाउँपालिका–५ शंकरसरैयाका जितेन्द्र माझी पक्राउ परेका छन् ।
शनिबार राति घरासयी विवाद हुँदा २४ वर्षीया असपतलीयादेवीको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।मादकपदार्थ सेवन गरेका जितेन्द्रले श्रीमतीलाई मुक्का तथा लठ्ठीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।